२३ भदौ २०८१, आइतवार
२३ भदौ २०८१, आइतवार

नेपाल चलचित्र संघले नयाँ नेतृत्व पायो

नेपाल चलचित्र संघले नयाँ नेतृत्व पाएको छ । शनिबार राजधानीमा सम्पन्न संघको ४७ औं वार्षिक साधारणसभाले अध्यक्षमा वीरेन्द्रनारायण श्रेष्ठसहित नयाँ कार्यसमिति चयन गरेको हो ।

भेलाले कार्य समितिको उपाध्यक्षद्वयमा गोपालकाजी कायस्थ र कुबेर शर्मा र महासचिवमा नरेन्द्र महर्जन छानेको छ । सचिव लगायत बाँकी रहेको कार्यसमितिले पूर्णता भने सोमबारको बैठकले गर्ने उपाध्यक्ष गोपालकाजी कायस्थले बताए । अध्यक्षमा चयन भएका श्रेष्ठ नारायणगढको जलमा सिनेमा हलका सञ्चालक हुन् ।

उनले आगामी तीन वर्ष संघको नेतृत्व गर्नेछन् । चलचित्र संघ चलचित्र प्रदर्शकहरुको साँझ संगठन हो । यस अगाडि संघको अध्यक्षमा मधुसुदन प्रधान रहेका थिए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?