२३ भदौ २०८१, आइतवार
२३ भदौ २०८१, आइतवार

अमेरिका भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले दोस्रो अभ्यास खेल जित्यो

अमेरिका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले दोस्रो अभ्यास खेलमा जित हात पारेको छ। रोहित पौडेलको कप्तानीमा रहेको नेपालले शनिबार ह्युस्टन हरिकेन्सलाई २९ रनले हराएको हो।

नेपालले दिएको २ सय ५१ रनको विजयी लक्ष्य पछ्याएको हरिकेन्स ४३।३ ओभरमा २ सय २१ अल आउट भयो। हरिकेन्सका निनाद निम्बालकरले सर्वाधिक ९९ रनको योगदान दिए। यस्तै रमिज राजाले २९, ओपनर एन्ड्रिस गौसले २८,गौरव बजाजले १५, उसमान राफिकले १२ र नितिश कुमारले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

अमेरिकी टोलीलाई रोक्न नेपालका लागि सोमपाल कामीले सर्वाधिक ५ विकेट लिए। ८।३ ओभर बलिङ गरेका कामीले ३८ रन खर्चिएका थिए। यस्तै सागर ढकाल र किशोर महतोले २(२ तथा करन केसीले १ विकेट लिए। त्यसअघि प्रेर क्रिकेट भ्यू कम्प्लेक्समा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९।१ ओभरमा अलआउट हुँदै २ सय ५० रन बनायो।

नेपालका लागि कप्तान रोहित पौडेलले ९० बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक १ सय १ रनको शतकीय इनिङ खेले। आरिफ शेखले ४१ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले २४ रन जोडे। देव खनाल १९, सुनिल धमला १३ र करन केसीले १२ रन बनाए। अन्य नेपाली ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। अतिरिक्तबाट २० रन पाएको थियो।

ओपनर कुशल भुर्तेल १, विनोद भण्डारी ४, सुशन भारी ५, किशोर महतो ८ र सागर ढकाल २ रनमा आउट भए। हरिकेन्सका मोहम्मद इलियासले सर्वाधिक ५ विकेट लिए। हरमित सिंहले २ तथा हसन रासिदले १ विकेट लिए। यसअघि नेपाल पहिलो अभ्यास खेलमा नेपाली अल स्टार्ससँग ४ विकेटले पराजित भएको थियो ।

आइसिसी विश्वकप लिग–२ मा ओमान र अमेरिकासँग खेल्ने त्रिकोणात्मक ओडिआई सिरिज अघि दुई अभ्यास खेल खेलेको हो। नेपालले लिगको पहिलो खेल जेठ २६ मा ओमानसँग खेल्दै सुरूवात गर्नेछ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?