२३ भदौ २०८१, आइतवार
२३ भदौ २०८१, आइतवार

गायक सञ्जय श्रेष्ठले संसदीय चुनावमा उम्मेदवारी दिने

गायक सञ्जय श्रेष्ठले संसदीय चुनावमा उम्मेदवारी दिने भएका छन् । उनले आगामी मंसिरमा हुने संसदीय चुनावमा आफु काठमाडौँ– ६ बाट उम्मेदवार बन्ने घोषणा गरेका हुन् । उनले आफू राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट चुनाव लड्ने र पार्टीले टिकट दिन नसके स्वतन्त्र उम्मेदवारी दिने बताएका छन् ।

गायक श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो पार्टीले मलाई टिकट दिएपनि नदिए पनि मैले आउँदो मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ६ बाट उम्मेदवारी दिने निर्णय गरेको छु । बाँकी तपाईंहरुको साथ र विश्वास ।’ २०७० को चुनावमा पनि राप्रपाको तर्फबाट उम्मेदवार बनेका उनी सो समय पराजित भएका थिए । गायक श्रेष्ठका थुप्रै गीत सांगीतिक क्षेत्रमा हिट मानिन्छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?