२६ भदौ २०८१, बुधबार
२६ भदौ २०८१, बुधबार

जिल्ला समन्वय समिती अर्घाखाँचीका पदाधिकारीद्वारा पद तथा गोपनियताको सपथ

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । जिल्ला समन्वय समिती (जिसस) अर्घाखाँचीका प्रमुख जीवनारायण कोईराला लगायत पदाधिकारीले पद तथा गोपनियताको सपथ लिएका छन् ।नेकपा एमालेबाट निर्वाचित समन्वय प्रमुख जीवनारायण कोईराला, उपप्रमुख लक्ष्मी शर्मा ज्ञवाली लगायत ७ जना सदस्यले पद तथा गोपनियताको सपथ लिएका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय सन्धिखर्कमा आयोजना भएको शपथ ग्रहण कार्यक्रममा मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिश वासुदेव न्यौपानेले समन्वय प्रमुख कोईरालालाई सपथ ग्रहण गराएका हुन् । त्यस लगत्तै प्रमुख कोईरालाले उपप्रमुख लगायत सबै सदस्यलाई पद तथा गोपनियताको सपथ गराए।

सपथ ग्रहण कार्यक्रममा बोल्दै नवनिर्वाचित समन्वय सभापती कोईरालाले आफु बस्न मात्रै नआएको र काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे । ‘धेरैले बस्ने खाने ठाउँ हो, समन्वयको कुनै काम छैन भनेको सुनेको छु,उनले भने,‘काम, कर्तव्य र अधिकार धेरै छन्, मैले गरेर देखाउने छु।’

सपथ ग्रहण कार्यक्रममा प्रदेशसभा सदस्य चेतनाराण आचार्य, रामजी प्रसाद घिमिरे, राष्ट्रियसभा पुर्व सदस्य चन्द्रबहादुर खड्का, सन्धिखर्क नगरपालिकाका मेयर कृष्णप्रसाद श्रेष्ठ, नेकपा एमाले अध्यक्ष पिताम्बर भुसाल, प्रमुख जिल्ला अधिकारी सशिधर घिमिरे, अदालतका श्रेस्तेदार महेश खनाल लगायतको उपस्थिती रहेको थियो ।

अर्घाखाँचीमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका सबै निर्विरोध भएका थिए । प्रमुख/उपप्रमुखसहित सबै ९ जना निर्विरोध निर्वाचित बनेका हुन्। चुनाव आफ्नो पक्षमा नआउने देखिएपछी कांग्रेस, माओवादी लगायत गठबन्धन दल प्रतिस्पर्धा बाट बाहिरिएका थिए । भएका वडा सदस्यहरु पदविहिन बन्ने भएपछी गठबन्धन दलहरुले चुनावमा नजाने निष्कर्ष निकालेका थिए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?