२६ भदौ २०८१, बुधबार
२६ भदौ २०८१, बुधबार

मन्त्री बन्ने लोभ छैन: प्रेम आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पार्टीभित्रकै केही नेताहरू आफूलाई बदनाम गर्न लागिपरेको आरोप लगाएका छन्। पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको विश्वरूपा मन्दिर तथा आसपासमा रहेका सत्तलको पुनर्निमाणको शिलान्यास गर्दै मन्त्री आलेले यस्तो आरोप लगाएका हुन् ।

उनले आफूलाई मन्त्री बन्ने लोभ नरहेको भन्दै अन्य नेताहरूलाई मौका दिने इच्छा भए मन्त्री बनाउन नेकपा (एकीकृत समाजावदी) का अध्यक्ष माधवकुमार नेपाललाई आग्रह गरे । मन्त्री आलेले पार्टीका केही नेताहरुले प्रेम आलेले चलखेल गरेको भन्दै अन्तरवार्ता दिइरहेकोप्रति आपत्ति जनाए ।

उनले भने, ‘मन्त्रिमण्डल निर्माण गर्दा त्यतिखेर नै ६ महिनाका लागि हामीलाई तोकिएको थियो । हामीले त आठ महिना खान पायौँ, दुई महिना त ग्रेसपार्क पाइसक्यो । अरू साथीहरूलाई मौका दिने पार्टी अध्यक्षको इच्छा छ भने दिनुहोस्, म खुसी छु भनेर मैले सहमति पनि दिएको हो । तर हाम्रै पार्टीभित्रका केही नेताहरू आलेले धरै चलखेल गर्‍यो भनेर अन्तर्वार्ता दिइरहेका छन् । मलाई कुनै मन्त्रीको लोभ छैन । म जति दिन, जति समय, यो कुर्सीमा बस्छु, देश र जनताको शिर ननिहुरिने गरी काम गर्दछु ।’

मन्त्री आलेले तीन पटकसम्म जिल्ला अदालतदेखि सर्वोच्च अदालतसम्म पशुपति क्षेत्र विकास कोषले बतासले कब्जा गरेको धर्मशालाको विरुद्धमा मुद्दा हालेर जितेको बताउँदै अबको मुचुल्कामा वडाध्यक्षको पनि साथ रहने विश्वास रहेको बताए । उनले पशुपति धर्मशालामा श्रद्धालुको बस्नरखान पाउने व्यवस्थाका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २५ करोड रुपैयाँ दिएको उल्लेख गर्दै बतास समूहलाई त्यो कौडीको भाउमा दिन नसक्ने बताए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?