२६ भदौ २०८१, बुधबार
२६ भदौ २०८१, बुधबार

बैंकिङ कसुर मुद्दामा फरार दुईजना महिला पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार दुईजना महिलालाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको धरान घर भएकी ४२ वर्षीया कविता सुब्बा र सिन्धुपाल्चोक घर भएकी ३९ वर्षीया लिना श्रेष्ठ गिरी छन् ।

बैंकिङ्ग कसुर मुद्दामा उच्च अदालत पाटनले कविता सुब्बालाई १५ दिन कैद र ५० लाख जरिवाना हुने फैसला गरेको छ । लिना श्रेष्ठलाई १५ दिन कैद र ५४ लाख जरिवाना हुने फैसला गरेको छ । फरार प्रतिवादीहरुलाई मंगलबार पक्राउ गरेर जिल्ला अदालतमा उपस्थित गराइएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता  श्याम कुमार महतोले बताए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?