२६ भदौ २०८१, बुधबार
२६ भदौ २०८१, बुधबार

टिकटक भिडियो: १० मिनेट सम्मको बनाउन मिल्ने

टिकटकले भिडियोको अवधि १० मिनेट पुऱ्याएको छ । टिकटकले विगत ७ महिनादेखि परिवर्तनको परीक्षण गरेसँगै यो आधिकारिक लन्च भएको हो । यो भन्दा अगाडि टिकटकको भिडियो भिडियो अधिकतम ३ मिनेटको अवधिसम्म मात्रै हेर्न मिल्थ्यो । यो पनि २०२१ को जुलाईमा गरिएको परिवर्तन पछिको हो । यो भन्दा पहिले ६० सेकेन्ड र त्यो भन्दा पनि पहिले १५ सेकेन्डसम्मको भिडियो राख्न मिल्थ्यो ।

‘ुहामी हाम्रा समुदाय र टिकटको अनुभवलाई थप चुस्त बनाउनका लागि सोचिरहेका छौं । गत वर्ष हामीले लामो भिडियो ल्यायौ, थप सामग्री राख्न र टिकटकबाट आनन्द लिनका लागि यसो गरिएको हो,’ टिकटका प्रवक्ताले बताए । आज १० मिनेटसम्मको भिडियो राख्ने व्यवस्था गर्न पाउदा आफूहरुलाई खुसी लागको उनले बताए । यो घोषणाले टिकटकलाई यूट्युबको थप प्रतिस्पर्धी बनाउने छ । जसले २०२१ को आम्दानीमा २८.८ अर्ब घाटा खाएको थियो ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?