२६ भदौ २०८१, बुधबार
२६ भदौ २०८१, बुधबार

उद्योग बाणिज्य संघमा व्यापारीहरुको रगत पसिना छ, एमालेले आफ्नो भातृ संस्था नसम्झियोस्

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । उद्योग वाणिज्य संघ अर्घाखाँचीमा एमाले र जनमोर्चाले तालमेल गर्ने भएपछी तिन दलले चुनाव बहिष्कार गरेका छन् । नेपाली कांग्रेस, (नेकपा) माओवादी केन्द्र र (नेकपा) एकीकृत समाजवादीमा आबद्ध व्यवसायीहरूले चुनाव बहिष्कार गरेका हुन् ।

उद्योग वाणिज्य संघमा सबै विचारका व्यवसायीहरूलाई समावेश गरी साधारणसभा गर्ने भए मात्र आफूहरू सहभागी हुने वरिष्ठ उपाध्यक्ष नेत्र भुसालले बताए। उनले सबै व्यवसायीहरुको रगत पसिनाले खडा गरेको संघमा एमालेले प्रहार गर्न खोजेको उनको भनाई छ । ‘एमालेले भातृ संस्था ठानेको छ,उनले भने,‘सबै व्यवसायी नअटाए विकल्पमा जान्छौं ।’ हालसम्म सहमतिमा अधिवेशन सम्पन्न भएको र अहिलेको अधिवेशनमा भने एमालेले आफ्नो राजनीतिक आस्था लाद्न खोजेको भन्दै ३ पार्टी निकट व्यवसायीहरूले बहिस्कार गर्ने जनाएका हुन् ।

असन्तुष्ट व्यवसायीहरुले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा व्यवसायी सिद्धी प्रसाद भुसाल, युवा व्यवसायी कृष्ण भुसाल लगायतले बोल्दै २०४४ सालमा स्थापना भएको संघमा धेरैले लगानी गरेकाले केही व्यापारीहरुलाई बाईपास गरेर जाने कुरा मान्य नहुने बताएका छन् । बिना सल्लाह एकतर्फी घोंषणा गरिएको उम्मेद्वारी नमान्ने भन्दै उनीहरुले व्यवसायी हरुलाई कित्ताकाट गर्न खोजिएको आरोप लगाए । सोहार्द वातावरण बिगारेर एकलौटी गरिएको फिक्सिंग नमान्ने उनीहरुको भनाई छ ।

साधारणसभामा नेकपा (एमाले) र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन भएको छ । शनिबार हुने मतदानका लागि उनीहरूले आजै मतदान गर्ने कार्यतालिका छ । एमाले निकट व्यवसायीहरूले अध्यक्षमा प्रदिप मिश्रलाई यसअघि नै अगाडी सारिसकेका छन् भने जनमोर्चालाई उपाध्यक्ष, महासचिव र चार सदस्य दिनेगरी सहमति गरेको हो ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?