२६ भदौ २०८१, बुधबार
२६ भदौ २०८१, बुधबार

सन्धिखर्कको वाङलामा खोरमा पसेको चितुवाको सकुशल उद्वार

अर्घाखाँची । सन्धिखर्क नगरपालिका–४ को अमलडाँडास्थित जंगलको खोरमा परेको चितुवालाई उद्वार गरिएको छ । केही दिन अँघी चितुवाले बच्चालाई आक्रमण गर्दा मृत्यु भएपछी स्थानीयले आफ्नो सुरक्षाको लागि खोर राखी चितुवा नियन्त्रण गर्ने प्रयास गरेका थिए । स्थानियको योजना बमोजिम चितुवा खोरमा परेको थियो ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट प्रहरी नायब निरिक्षक मधु कुँवरको कमाण्डमा खटिएको प्रहरी टोली र जिल्ला डिभिजन बन कार्यालय अर्घाखाँचीको कर्मचारीको संयूक्त टोलिले उक्त चितुवालाई उद्धार गरी जिल्ला डिभिजन बन कार्यालयमा ल्याएका छन्।

गत जेठ १२ गते गुल्मी घर भई मावली घर बस्ने ७ वर्षीय बालक सम्राट नेपालीको सोही ठाउँमा चितुवाले आक्रमण गर्दा मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?