२६ भदौ २०८१, बुधबार
२६ भदौ २०८१, बुधबार

चरित्र हत्या गर्ने दुई जना प्रहरी फन्दामा

सामाजिक सञ्जालमार्फत नाबालिका र महिलाको चरित्र हत्या गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जालमा नाबालिका र महिलाको भिडियो तथा तस्बिर राखेर चरित्र हत्या गर्ने काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-६ का २० वर्षीय विकेश सोजुँ र खोटाङको ऐसेलुखर्क गाउँपालिका-१ की २० वर्षीया भोजकुमारी दाहाललाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

ब्युरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालका अनुसार दुवै जनालाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत कसुरमा पक्राउ गरिएको हो । पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत काठमाण्डौबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता अर्यालले बताए।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?