अहिले काठमाण्डौसहित देशका धेरै ठाउँको मौसम सफा रहेको छ । अहिले बिहान मौसम सफा रहे पनि दिउँसो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
दिउँसो प्रदेश १, गण्डकी, मधेस र बाग्मती प्रदेशको केही ठाउँमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिए । उनका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आजको मौसम आंशिक बदली रहनेछ ।
अहिले प्रदेश १, मधेस, बाग्मती र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने स्थानीय वायुकै प्रभाव रहेको महाशाखाकी मौसमविद् नगरकोटीले बताए ।