२७ कार्तिक २०८१, मङ्लबार
२७ कार्तिक २०८१, मङ्लबार

श्रीलङ्कन सरकार: सार्वजनिक ठाउँमा अनिवार्य मास्क लगाउनु पर्दैन

श्रीलङ्कामा मास्क लगाउनै पर्ने निर्णय खारेज गरिएको छ । श्रीलङ्काका स्वास्थ्य मन्त्री केहेलिया रामबुक्वेलाले सार्वजनिक ठाउँमा मास्क लगाउनै पर्ने निर्णय निष्क्रिय भएको जानकारी दिए ।

कोरोना भाइरसको महामारीका कारण महामारी थप फैलिन नदिन सरकारले सार्वजनिक ठाउँमा मास्क लगाउनै पर्ने व्यवस्था गरेको थियो । पछिल्लो समय कोरोना भाइरसको महामारी निकै कम भएकाले मास्क अनिवार्य गर्नु आवश्यक नदेखिएकाले निर्णय खारेज गरिएको सरकारी अधिकारीहरूको भनाइ छ ।

स्वास्थ्य मन्त्री रामबुक्वेलाका अनुसार श्वासप्रश्वाससम्बन्धी वा सर्ने रोग लागेका व्यक्तिले भने मास्क लगाउनै पर्ने नियम कायमै रहेको छ । मास्क लगाउनु सामान्यतया स्वास्थ्यका लागि फाइदाजनक नै भए पनि कतिपयले गाह्रो मान्ने भएकाले लगाउनु अनिवार्य नगरिएको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?