त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले आज अमेरिकासँग खेल्दै

त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले आज अमेरिकासँग खेल्दै

आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले आज शनिवार अमेरिकासँग खेल्दैछ । खेल नेपाली समयअनुसार बेलुका सवा ९ बजे अमेरिकाको ह्युस्टनमा सुरु हुनेछ ।

नेपाल–अमेरिकाबीच एकदिवसीयमा चार पटक भेट भएकाे छ । त्याे भेटमा नेपाल तीन खेलमा र अमेरिका एक खेलमा विजयी भएकाे छ । यसअघि पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो । नेपाल १३ खेलमा ६ मा जित र सातमा हारका साथ छैटौँ स्थानमा छ । नेपालको १२ अङ्क रहेको छ । त्यस्तै अमेरिका २१ खेलमा १० मा जित र ११ हारसहित २० अङ्ककासाथ चौथो स्थानमा रहेको छ ।

ओमान ३४ खेलमा ४२ अङ्कका साथ शीर्ष स्थानमा कायमै छ । नेपालले तेस्रो खेलमा फेरि ओमानसँग जेठ ३१ गते र अन्तिम खेलमा अमेरिकासँग असार १ गते खेल्ने तालिका रहेको छ ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *