एसियन कप छनोटमा आज नेपाल र कुवेत खेल्दै

एसियन कप छनोटमा आज नेपाल र कुवेत खेल्दै

एएफसी एसियन कप छनोटमा आज शनिवार नेपाल र कुवेत खेल्दैछन् । खेल कुवेतको जाबिर अल अहमद मैदानमा राति १० बजे सुरु हुनेछ ।  नेपालले कुवेतसँग आफ्नो दोस्रो खेल खेल्न लागेको हो । यसअघि बुधवार भएको पहिलो खेलमा नेपाल जोर्डनसँग दुई–शून्य गोलले पराजित भएको थियो ।

त्यस्तै पहिलो खेलमा कुवेतलाई इन्डोनेसियाले हराएको थियो ।  छनोटको समूह ‘ए’ मा रहेको नेपाल अङ्कविहीन छ । नेपाल पुछारमा रहँदा अङ्कविहीन कुवेत तेस्रो स्थानमा छ । जोर्डन शीर्ष स्थानमा छ भने इन्डोनेसिया दोस्रो स्थानमा रहेको छ ।

छनोट अन्तर्गत नेपालले अन्तिम खेल जेठ ३१ गते इन्डोनेसियासँग खेल्नेछ । समूहको शीर्ष र उत्कृष्ट दोस्रो टोलीले एसियन कप खेल्नेछन् ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *