बजेट पारित हुनासाथ नागरिकता विधेयक पेस हुन्छ: प्रधानमन्त्री देउवा

बजेट पारित हुनासाथ नागरिकता विधेयक पेस हुन्छ: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट पारित हुने बित्तिकै संसदमा नागरिकता विधेयक पेस गर्ने बताएका छन्। बिहान लोकतान्त्रिक समाजवादीका नेतासँगको भेटमा प्रधानमन्त्री देउवाले नागरिकता विधेयक छिट्टै पास हुने आश्वासन दिएका हुन्।

जन्मसिद्ध नागरिकका छोराछोरीलाई नागरिकता दिनुपर्नेलगायत मागसहित यसअघि लोसपाका नेताहरुले प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएका थिए । तर अहिलेसम्म पनि नागरिकता विधेयक ल्याउने विषयमा कुनै प्रगति नभएको भन्दै बिहान फेरि प्रधानमन्त्रीलाई भेट्न गएको लोसपा नेता लक्ष्मणलाल कर्णले बताए।

यस्तै, मधेस आन्दोलनलगायत विभिन्न आन्दोलनका क्रममा पक्राउ परेर थुनामा रहेकालाई थुनामुक्त र मुद्दा फिर्ताको विषयमा लोसपाका नेताहरुले प्रधानमन्त्री देउवासँग छलफल गरेका छन्।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *