२५ भदौ २०८१, मङ्लबार
२५ भदौ २०८१, मङ्लबार

शेयर कारोबार अब शुक्रवार पनी हुने

सेयर बजार कारोबार अब ६ दिन सन्चालन हुने भएको छ । सरकारले दुई दिन सार्वजनिक विदा घोषणा गरेपछि जेठबाट आइतबार बन्द हुने कारोबार शुक्रबार खुल्न थालेको थियो ।

सरकारले आइतबारको सार्वजनिक बिदा हटाएका कारण अब सेयर कारोबार ६ दिन नै हुने नेपाल स्टक एक्सचेन्जका सूचना अधिकारी मुरारी पराजुलीले जानकारी दिए । उनका अनुसार आइतबारदेखि बिहीबारसम्म साविककै समय ११–३ बजेसम्म सेयर कारोबार हुने भएको छ । शुक्रबार भने १ बजे बजार बन्द हुने भएको छ ।

लगानीकर्ताले कारोबार ६ दिन नै सन्चालन गर्न लामो समयदेखि माग गरिरहेका थिए । जेठ अगाडि भने आइतबारदेखि बिहीबारसम्म गरी कारोबार ५ दिन मात्र चल्ने गरेको थियो ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?