श्रद्धाका भाइ सिद्धान्त कपुर प्रहरी हिरासतमा

श्रद्धाका भाइ सिद्धान्त कपुर प्रहरी हिरासतमा

बलिउड नायिका श्रद्धा कपुरका भाइ तथा अभिनेता सिद्धान्त कपुरलाई बेंगलुरु प्रहरीले हिरासतमा लिएको छ । मिडिया रिपोर्टका अनुसार सिद्धान्तमाथि पार्टीमा ड्रग्स खाएको आरोप लागेको छ । बेंगलुरु प्रहरीले एमजी रोडस्थित होटल पार्कको पबमा चलिरहेको रेव पार्टीमा छापा मारेको थियो । यस पार्टीमा सिद्धान्तलाई डिजेको रुपमा बोलाइएको थियो । पार्टीमा सिद्धान्तसहित ६ जनामा लागुऔषध परीक्षण पोजेटिभ देखिएको छ ।

यसबारे उनका पिताले आफ्नो बयानमा भनेका छन्, ‘म एउटै कुरा भन्न सक्छु कि यो सम्भव नै छैन ।’ ड्रग्स कहाँ खाए त्यो थाहा छैन । बेंगलुरु सिटी इस्ट डिभिजनका डिसीपी डा। भीमशंकरले सबैजनाले ड्रग्स पार्टीमा नै सेवन गरेका थिए वा होटलबाट खाएर आएका थिए भन्ने स्पष्ट नभएको बताएका छन् । सबै आरोपीलाई उलसुर प्रहरी स्टेशनमा ल्याइएको छ ।

सुशान्त सिंह राजपूत ड्रग्स केसमा नारकोटिक्स कन्ट्रोल ब्युरोको सोधपुछ सूचीमा श्रद्धा कपुर पनि समावेश थिइन् । यद्यपि, उनीविरुद्ध कुनै ठोस प्रमाण भेटिएन । श्रद्धा कपुर, सारा अली खान र दीपिका पादुकोणसँग सेप्टेम्बर २०२० मा ह्वाट्सएप च्याटमा नाम आएपछि सोधपुछ गरिएको थियो । सिद्धान्त कपुर बलिउड अभिनेता शक्ति कपुरका छोरा हुन् । उनले आफ्नो करियरको सुरुवात सन् १९९७ मा रिलिज भएको फिल्म जुड्वाबाट गरेका थिए ।

सिद्धान्तले अगली, जज्बा, हसिना पारकर, पलटन, हेलो चार्ली र चेहरेजस्ता फिल्ममा काम गरेका छन् । सिद्धान्त हालै रिलिज भएको सिरिज भौकालमा पनि देखिएका थिए ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *