२३ भदौ २०८१, आइतवार
२३ भदौ २०८१, आइतवार

गायिका इन्दिरा जोशी विवाह बन्धनमा बाँधिदै

चर्चित गायिका इन्दिरा जोशी मंगलबार विवाह बन्धनमा बाँधिदै छिन् । उनले प्रेमी शरद केडियासँग लगनगाँठो कस्न लागेकी हुन् । आइतबार इन्स्टाग्राममा विवाहको मिति तोकिएको कार्ड सार्वजनिक गर्दै उनले विवाह जानकारी दिएकी थिइन् ।

आइतबार नै उनको विवाह अगाडि गरिने हल्दी कार्यक्रम समेत आयोजना भएको थियो । परिवारका केही सदस्यको उपस्थितिमा आफ्नो हल्दी समारोह गरिएको र त्यो एकदमै राम्रो भएको उनले सामाजिक संजालबाट जानकारी दिएकी छन् । मेरो बगैँचामा हल्दी कार्यक्रम आयोजना भयो ।

हामीले यसलाई सरल र आत्मीय राख्ने निर्णय गरेका छौँ,’ उनले भनेकी छन्, ‘धेरै सन्देश र शुभकामना प्राप्त गर्दैछु । माया र आशीर्वादका लागि सबैलाई धन्यवाद ।’ केही समय अघि उनले हेलिकोप्टर मार्फत् सगरमाथा आधार शिविर गएर प्रपोजलको तस्बिर साझा गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?