वेष्टइन्डिज विरुद्ध एकदिवसीयमा पाकिस्तानको ‘क्लिन स्विप’

वेष्टइन्डिज विरुद्ध एकदिवसीयमा पाकिस्तानको ‘क्लिन स्विप’

तेस्रो अन्तरराष्ट्रिय एकदिवसीय खेलमा वेष्ट इन्डिजलाई डीएल म्याथोड पद्धतिमा ५३ रनले पराजित गर्दै पाकिस्तानले श्रृंखलामाथि ३–० को ‘क्लिन स्विप’ गरेको छ । घरेलु मैदानमा मुल्तान पाकिस्तानले प्रस्तुत गरेको २७० रनले लक्ष्य पछ्याएको वेष्ट इन्डिज ३७ ओभर २ बलमा २१६ रनमा समेटिएको थियो ।

वेष्ट इन्डिजका एक खेलाडीले मात्रै अर्धसतकीय योगदान गरे । एकेअल होसेनले सर्वाधिक ६० रन बनाए । पाकिस्तानका सादव खानले सर्वाधिक ४ विकेट लिए । यस अघि घरेलु मैदानमा टस जितेर ब्याटिङ गरेका पाकिस्तानले ४८ ओभरमा छोट्टाइएको खेलमा नौ विकेट गुमाउँदै २६९ रनको योगफल तयार पारेको थियो। पाकिस्तानका दुई खेलाडीले अर्धशतक पूरा गरे । सदाव खानले सर्वाधिक ८६ रन बनाए भने इमाम उल हकले ६२ रन जोडे ।

वेष्ट इन्डिजका निकोलास पूरानले सर्वाधिक ४ विकेट लिए । यस अघि पहिलो खेल पाकिस्तानले पाँच विकेट र दोस्रो खेल १२० रनले आफ्नो पक्षमा पारेको थियो ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *