अर्घाखाँचीका एक सहित चार जना विरुद्ध कर छलीको मुद्धा

अर्घाखाँचीका एक सहित चार जना विरुद्ध कर छलीको मुद्धा

भारतबाट भन्सार छलेर सामान ल्याइ सरकारलाई बुझाउनुपर्ने कर छलेको आरोपमा चार जनाविरुद्ध नौ करोड रुपैयाँ बिगो माग राखेर मुद्दा दायर भएको छ ।

राजस्व अनुसन्धान विभागले अर्घाखाँचीको छत्रदेव घर भइ बुटवल बस्ने नसिपदिन मियाँ, पाल्पा घर भइ बुटवलको मालिका ढुवानी सेवामा कार्यरत शंकरप्रसाद आचार्य, मनकामना सप्लायर्सका रेखा जैसवाल र भारतको गान्धीनगरका आशिष सिंहविरुद्ध नौ करोड २१ लाख रुपैयाँ बिगो माग राखेर उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

उनीहरूले मिलेमतो गरेर भारतबाट भन्सार चोरी पैठारी गरी मालवस्तु नेपाल ल्याएर काठमाण्डौ लगायतका सहरमा बिक्री गरेको र सरकारलाई बुझाउनुपर्ने भन्सार महसुल, मूल्य अभिवृद्धि कर तथा आयकर नतिरेको विभागले जनाएको छ ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (50%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (50%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *