१ असार २०८१, शुक्रबार
१ असार २०८१, शुक्रबार

कांग्रेस अर्घाखाँचीको बैठक जारी, बुधवार पनि बस्ने

नेपाली काङ्ग्रेस अर्घाखाँचीको स्थानिय निर्वाचन समिक्षा बैठक बिपि स्मृति भबन सन्धिखर्कमा सुरु भएको छ । जेठ ३१ गते को जिल्ला कार्यसमितिको बैठक ले नेपाली काङ्ग्रेस का जिल्ला सदस्य बसिर मियाको निधन प्रति दुख ब्यक्त गर्दै उच्च सम्मान सहित शोक प्रस्ताव पारित गरेको छ ।

बैठकको दोस्रो चरणमा पालिका सभापति हरु क्षेत्रीय सभापति जिल्ला कार्य समितिका सदस्य हरु गरि २७ जना ले जिल्ला कार्यसमितिको बैठकमा पालिका वार्ड हरुमामा स्थानिय चुनाबमा पार्टिले ब्योहोर्नु परेको हार को बिषमा रिपोर्टिङ गरेका थिए ।

पार्टी भित्रको अन्तरघातका कारण स्थानिय चुनाव मा सोचे अनुसारको रिजल्ट प्राप्त गर्न नसकेको बिषयमा सबैले धारणा ब्यक्त गरेका थिए बैठकमा २०७९ साल बैसाख ३० गते भएको स्थानिय निर्वाचन मा पार्टिका आधिकारिक उमेदवार हरुलाई असयोग गरेको हराउन भुमिका खेलेको भनी गाउकार्य समिति बाट बृहत् भेला गरि पार्टी जिल्ला कार्यसमिति मा पेस भएका र अनुशासन समितिले स्पष्टीकरण सोधेका केही स्थानिय जिल्ला तहका नेता हरुका बिषयमा घनिभुत छलफल भएको छ । बैठक बुधबार बिहान ८ बजे पुन बस्ने छ ।बैठकले भोलि महत्त्वपूर्ण निर्णयहरु गर्ने प्रचार विभाग प्रमुख सुर्य भुसालले जानकारी दिए।।

जिल्ला सभापति केशब श्रेष्ठको सभापतित्व जिल्ला सचिव कृष्ण प्रसाद खनालको सन्चालनमा बैठक सुरु भएको हो ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?