लक्ष्मण घिमिरे ।
अर्घाखाँची । नेपाली कांग्रेस जिल्ला कार्य समितिको बैठक फेरी बस्ने गरी सकिएको छ । महत्वपुर्ण निर्णयहरु हुने भनिएपनी बिना कुनै निष्कर्ष बैठक सकिएको हो ।
असार ४ गते फेरी बैठक बस्नेगरी दुई दिनदेखी जारी बैठक सकिएको हो । हिंजो बैठक नेपाली काङ्ग्रेसका जिल्ला सदस्य वसिर मियाको निधनप्रति शोक प्रस्ताव पारित गर्दै सुरु भएको थियो । बैठकको दोस्रो चरणमा पालिका सभापतिहरु, क्षेत्रीय सभापति, जिल्ला कार्य समितिका सदस्यहरु गरि २७ जनाले जिल्ला कार्यसमितिको बैठकमा पालिका तथा वडाहरुमा स्थानिय चुनावमा पार्टिले व्यहोर्नु परेको हारको विषमा रिपोर्टिङ गरेका थिए ।
यसअँघी जिम्मेवार पदमा बसेर पार्टीलाई असहयोग गर्ने तथा अन्तर्घात गर्ने २० जनालाई अर्घाखाँची कांग्रेसको अनुशासन विभागले ७ दिने स्पष्टीकरण सोधेको थियो । यसै विषयमा जिल्लाले महत्वपुर्ण निर्णय गरिने भनेपनी कार्यसमिति भित्रै मतभेद भएपछी हाललाई बैठक टारिएको हो ।
कारवाही जस्तो गम्भिर विषयमा साधारण छलफलले नपुग्ने भन्दै पालिकास्तरमा समिक्षा बैठक राख्ने तयारी भएको प्रचार विभाग प्रमुख सुर्य भुसालले जानकारी दिए । बैठकले पार्टीको तर्फबाट निर्वाचित सम्पुर्ण जनप्रतिनिधी लाई बधाई दिनुका साथै अहोरात्र खट्ने पार्टीका कार्यकर्ता तथा सम्पुर्ण मतदातालाई धन्यवाद ज्ञापन गरेको छ ।