२५ भदौ २०८१, मङ्लबार
२५ भदौ २०८१, मङ्लबार

साउदी अरब जान लागेका दुई हजयात्रीको लमहीमा विदाई

लक्ष्मण घिमिरे ।
दाङकाे लमहीबाट हज यात्रामा जान लागेका २ जना मुस्लिम श्रद्धालुहरुलाई एक कार्यक्रमका बीच सम्मान सहित विदाई गरिएको छ । साउदी अरब हज यात्रामा जान लागेका दुई जनालाई लमहीबाट विदाई गरिएको हो ।

हज यात्रा जानेमा लमहीका समाजसेवी तथा प्रतिष्ठीत व्यापारी लुकमान मियाँ र उनकी धर्मपत्नी मिना खातुन रहेका छन् । लमही स्थित मियाँ निवासमा एक कार्यक्रमका बिच उनीहरुलाई विदाई गरिएको हो । मुफ्ती अर्मानको नेतृत्वमा ‘मेहफील बरकातुन नबि’ गरी कार्यक्रम सम्पन्न गरिएको हो ।

हज गर्न साउदी अरबको मक्का जाने टोलीलाई विदाई गर्न मुस्लिम धर्मावलम्बीहरु साथै नेपाल मुस्लिम संघका केन्द्रिय सदस्य नवाफ अलीको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै अलीले यात्राको क्रममा नेपालको प्रचार प्रसार गर्न समेत आग्रह गरे । हज समितिले बनाएको टुर प्याकेज अनुसार हजयात्री ४० दिनपछि स्वदेश फर्कनेछन् ।

मुस्लिम समुदायको चारधाम जाने परम्परा अनुसार लमहीबाट दुई जना असार ७ गते काठमाण्डौबाट साउदी अरब जाने नेपाल मुस्लिम संघका केन्द्रिय सदस्य नवाफ अलीले जानकारी दिए । ‘लमहीबाट दुई जना हज यात्राका लागी जाँदै हुनुहुन्छ’उनले भने,‘हाम्रो परम्परामा यो सबैभन्दा ठुलो उपलब्धी र धर्म हो ।’ मक्का र मदिना गएपछी जिवनकालमा गरेका पाप नास हुने धार्मिक मान्यता छ ।

यस वर्ष नेपाल बाट ५ सय ४३ जना हज यात्रामा जानेछन् । विश्वभरका लाखौं मुस्लिमहरु मक्का मदिना जाने गर्दछन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (88%)
  • दुःखी (12%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?