संसदिय बैठकमा प्रधानमन्त्री नआउनु खेदजनक: ईश्वर पोखरेल

संसदिय बैठकमा प्रधानमन्त्री नआउनु खेदजनक: ईश्वर पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उपस्थित नहुनु खेदजनक रहेको बताएका छन्। अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) का बारेमा जवाफ दिन प्रधानमन्त्री शेरबहादुर देउवा बैठकमा नआएपछि रूष्ट भएका नेता पोखरेलले आउँछु भनेर बचन दिइसकेको प्रधानमन्त्रीले यसरी बैठकमा उपस्थित नहुनू खदजनक रहेको प्रतिक्रिया दिए।

‘प्रधानमन्त्रीले आउने वचन दिएको भनेर म खुसी भए तर उहाँ नआउनु विषयवस्तुको आधारमा खेदजनक छ’, उनले भने,‘अन्य मन्त्रीलाई पठाएको भए पनि हुन्थ्यो तर एकाएक नआउनु गलत हो, यो एटिच्यूट ठीक भएन।’ उनले कसैको हार जितको कुरा नगरी सत्यतथ्य हेर्नुपर्ने जिकिर गरे। ‘हामी कसैको जीत हारको कुरा नगरौं, हामी तारिकमा अलमलिने होइन। सत्यतथ्य हेर्नुपर्छ’, उनले भने।

पूर्व रक्षामन्त्रीसमेत रहेका पोखरेलले फेरि पनि बैठकमा प्रधानमन्त्रीलाई बोलाउनुपर्ने बताए।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *