प्रधानमन्त्रीले समितिको बैठक बहिष्कार गर्न मिल्दैन: प्रदिप ज्ञवाली

प्रधानमन्त्रीले समितिको बैठक बहिष्कार गर्न मिल्दैन: प्रदिप ज्ञवाली

नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले प्रधानमन्त्रीले संसदीय समितिको बैठक बहिष्कार गर्न नमिल्ने बताएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा अनुपस्थित भएपछि आइतबार ज्ञवालीले बैठकलाई इग्नोर गर्न नमिल्ने बताएका हुन्।

‘उहाँको समय अनुसार बैठक राख्न मिल्छ। तर इग्नोर गर्न मिल्दैन’, उनले भने,‘ भ्रमण तय भएको छैन भने पनि उहाँले भन्नुपर्छ। सायद उहाँले भ्रमण तय भएपछि भन्नुहोला तर एसपिपीबारे त भन्नुपर्थ्यो।’ उनले आफूहरू सीमा भित्र विरोध गरे पनि बाहिर साथ र सहयोग रहने स्पष्ट पारे।

‘सीमाभित्र मात्र हाम्रो विरोध हो। बाहिर त हाम्रो पनि साथ रहन्छ’ उनले भने, ‘उहाँले हाम्रो बल लिएर गएको राम्रो हुन्छ।’ उनले १० बुँदेबारे स्पष्ट हुन जरूरी रहेको समेत बताए। ‘१० बुँदे के हो, यो कसरी आयो, अझै कतिले फेक भनेका छन्। संसदमा नआएको भए त धेरै अघि बढ्दै रैछ नि, यसको उद्‍गम कहाँ हो पत्ता लगाउनुपर्छ’, उनले भने।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *