अर्घाखाँची: जिल्ला उपसभापति सहित १० जना निलम्बित

अर्घाखाँची: जिल्ला उपसभापति सहित १० जना निलम्बित

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । स्थानीयतहको निर्वाचनमा पार्टीलाई अन्तर्घात गरेको आरोपमा कांग्रेस अर्घाखाँचीले १० जनालाई निलम्बन गरेको छ । नेपाली कांग्रेसका जिल्ला उपसभापति बाबुराम पौडेल सहित १० जनालाई निलम्बन गरिएको पार्टीका प्रचार विभाग प्रमुख सुर्य भुसालले जानकारी दिए ।

उपसभापति पौडेल सहित पूर्व क्षेत्रीय सभापति मणिराम पौडेल, मोदनाथ पौडेल, पाणिनी गाउँपालिका–८ का पूर्व सभापति यज्ञप्रसाद पौडेल, भुमिकास्थानका नगर सचिव तारा प्रसाद घिमिरे, क्षेत्रीय प्रतिनिधि गोपाल घिमिरे, पुर्व पार्टी सभापती विष्णु मरासिनी, हरिप्रसाद मरासिनी लाई १ वर्षका लागी निलम्बन गरिएको छ ।

यस्तै महाधिवेशन प्रतिनिधि सिर्जना बिक र पाणिनी–८ का क्षेत्रीय प्रतिनिधि अच्युत पन्थीलाई ६ महिनाका लागि निलम्बन गरेको अनुशासन समिति प्रमुख बिष्णु भुसालले बताए । ‘पहिलो चरणमा १० जनालाई कारवाही गरिएको छ,उनले भने,‘प्राप्त निवेदन र सिफारिशका आधारमा अर्को चरणमा कारवाही प्रक्रिया अँघी बढाईने छ ।’

यता कारवाहीमा परेका जिल्ला उपसभापति पौडेल सहित १० जनाले कारवाही नमान्ने बताएका छन् । विधान विपरित गुटगत प्रतिशोधका आधारमा गरेको कारवाही आफुहरुलाई मान्य नहुने उनीहरुको भनाई छ ।

जिम्मेवार पदमा बसेर पार्टीलाई असहयोग तथा अन्तर्घात गरेको भन्दै एक साता अँघी २० जनालाई अनुशासन विभागले स्पष्टीकरण सोधेको थियो ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (47%)
  • दुःखी (7%)
  • अचम्मित (13%)
  • हाँस्यास्पद (20%)
  • आक्रोशित (13%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *