अर्घाखाँची-कोरिया सम्पर्क समितिद्वारा क्यान्सर पिडितलाई आर्थिक सहयोग

अर्घाखाँची-कोरिया सम्पर्क समितिद्वारा क्यान्सर पिडितलाई आर्थिक सहयोग

प्रेम आचार्य ।
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका १० बेल्टारीका क्यान्सर रोगी प्रेमबहादुर थापाको उपचारका लागि आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको छ । अर्घाखाँचीबाट रोजगारीमा गएकाहरुको साझा सस्था अर्घाखाँची कोरिया सम्पर्क समिति पहलमा संकलन भएको ८३ हजार रुपैया क्यान्सर रोगी थापालाई हस्तान्तरण गरिएको हो ।

घरको आर्थिक अबस्था कमजोर भए पछि उपचारमा आर्थिक समस्या उत्पन्न भएको जानकारी पाएपछि अर्घाखाँची कोरिया सम्पर्क समितिको सल्लाहाकार बाबुराम आचार्यको संयोजकतवमा आर्थिक सहयोग अभियान संचालन गरिएको थियो ।

आचार्यको पहलमा कोरियामा संकलन भएको ८३ हजार रुपैया नेपाल पत्रकार महासंघका लुम्विनी प्रदेश सदस्य प्रेमनारायण आचार्यले थापाको घरमै पुगेर हस्तान्तरण गरेका हुन् । क्यान्सर रोगी थापाको नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर ललितपुरमा उपचार भैरहेको छ ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *