चाउचाउको लोभ देखाएर यौन क्रियाकलापमा लगाउने दुई जना पक्राउ

चाउचाउको लोभ देखाएर यौन क्रियाकलापमा लगाउने दुई जना पक्राउ

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । चाउचाउ, बिस्कुटको लोभ देखाएर बालिकालाई यौन क्रियाकलापमा लगाउने दुई जना सन्धिखर्कबाट पक्राउ परेका छन् । सदरमुकाम सन्धिखर्कमा १४ वर्षिया बालिकालाई प्रलोभनमा पारी यौन क्रियाकलापमा लगाउने दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।

हजुरआमा नाता पर्ने ४० वर्षिय महिलाले बालिकालाई चाउचाउ, बिस्कुट खुवाउने प्रलोभन देखाई यौन क्रियाकलापमा संलग्न गराएर पैसा असुल्ने गरेको भेटिएको छ । निज महिलाको आग्रहमा बालिकालाई महिलाको घर, जंगल तथा अन्य स्थानमा जबरजस्ती करणी गरेको उजुरीको आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

यौन क्रियाकलापमा संलग्न शितगंगा नगरपालिका–१४ का २२ वर्षिय ओम प्रकाश न्यौपाने र बालिकालाई यौन क्रियाकलापमा संलग्न गराउने ४० वर्षिय महिलालाई पक्राउ गरिएको र दुवै जनालाई मानव बेचबिखन तथा ओसार पसार र जबरजस्ती करणी कसुरमा मुद्धा दर्ता गरी अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

कक्षा ६ मा पढ्ने ति बालिकालाई कोही कसैलाई जानकारी गराएमा कुटपिट गर्ने, ज्यान मार्ने धम्की दिने गरेको तथ्य समेत बाहिर आएको छ । ‘घटनामा अन्य व्यक्तीहरुकोे संलग्नता हुनसक्ने देखिएको छ,प्रहरीका सुचना अधिकारी पौडेलले भने,‘ अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान भैरहेको छ ।’

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *