मालारानी गाउँपालिका: घाँस काट्न जंगलमा लगेर श्रीमतीको हत्या

मालारानी गाउँपालिका: घाँस काट्न जंगलमा लगेर श्रीमतीको हत्या

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । मालारानी गाउँपालिकामा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । मालारानी गाउँपालिका वडा नम्बर–२, डाँडाकटेरी निवासी कमल भुसालले आफ्नी श्रीमती २७ वर्षिय सरु भट्टराई भुसालको हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

दिउँसोको समयमा भुसालले श्रीमतीलाई ललाईफकाई शाहीटोल जंगलमा घाँस काट्न लगेको र एक्लै भएको मौका छोपी गम्छाले घाँटी थिंचेर हत्या गरेका प्रहरीका सुचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए । श्रीमतीको हत्या गरी सेउलाले ढाकछोप गरेर उनी ईलाका प्रहरी कार्यालय खनमा आत्मसमर्पण गर्न पुगेका थिए ।

भुसाललाई पक्राउ गरिएको र हत्या कारण बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (93%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (7%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *