नेपाल-युक्रेन व्यापार निरन्तर

नेपाल-युक्रेन व्यापार निरन्तर

रुस-युक्रेन युद्धकै बीच पनि नेपाल-युक्रेनसँग व्यापारले निरन्तरता पाएको देखिएको छ । भन्सार विभागले जारी गरेको ११ महिनाको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार युद्ध सुरु भएपछि नेपालले युक्रेनबाट ६ अर्ब ३९ करोड २३ लाखको वस्तु आयात गरेको देखिएको हो ।

निर्यात १९ लाख २९ हजार रुपैयाँले स्थिर छ । रुसले युक्रेनविरुद्ध फागुन १२ गते युद्ध सुरु गरेको थियो । त्यस अवधिसम्म नेपालले युक्रेनबाट १४ अर्ब ४२ करोड ३३ लाख रुपैयाँ बराबरको वस्तुहरु आयात गरेको भन्सारको विवरण उल्लेख थियो । तर, जेठ अन्तिमसम्म युक्रेनबाट नेपालले २० अर्ब ८१ करोड ५६ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ ।

भन्सार विभागको विवरणअनुसार नेपालले युक्रेनबाट खाने तेल, केराउ, टेलिफोन र मोबाइलका उपकरण र तयारी कपडा आयात गर्दै आएको छ । गत आर्थिक वर्ष नेपालले युक्रेनबाट ३५४ प्रकारका वस्तु आयात गरेको थियो । नेपालबाट भने कार्पेट, चिया र चित्रकलाका सामानहरु युक्रेन निर्यात हुन्छ ।

युद्ध सुरु हुनुअघि माघमा नेपालले युक्रेनबाट १४ अर्ब ४२ करोड ३३ लाख रुपैयाँको वस्तु आयात गरेको थियो । युद्धको पहिलो महिना फागुनसम्म यस्तो आयात ४ अर्ब बढीले बढेर १८ अर्ब ५ करोड ५ लाख रुपैयाँ पुग्यो । यस्तै चैतमा १९ अर्ब २५ करोड ५५ लाख, वैशाखमा २० अर्ब ४० करोड ९० लाख र जेठमा २० अर्ब ८१ करोड ५६ लाखको वस्तु आयात भयो । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रकाअनुसार ०७७र७८ मा नेपालले युक्रेनबाट १७ अर्ब १७ करोड ६८ लाखको वस्तु आयात गरेको थियो ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *