अर्घाखाँची-काठमाण्डौको भाडा ६६ रुपैंयाले घट्यो

सरकारले पेट्रोलको मूल्यमा प्रतिलिटर २० रुपैयाँ र डिजेलमा २९ रुपैयाँ घटाएसंगै यातायातको भाडा पनी घटेको छ । यातायात व्यवस्था विभागले स्वचालित प्रणालीअनुसार भाडा घटाएको हो । शनिबार रातिबाट पेट्रोलियम पदार्थको मूल्य घटेएलगत्तै सरकारले सार्वजनिक सवारीको भाडा घटाएको हो ।
यात्रुबाहक सवारीको भाडा ५.४१ प्रतिशत , पहाडी बाटोमा चल्ने मालबाहक सवारीको ६.९७ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीको भाडा ७.६८ प्रतिशतले घटेको छ । यससंगै अर्घाखाँचीमा पनि लामो तथा दुरीका यातायातको भाडा घटेको छ । अर्घाखाँची-काठमाण्डौको भाडा ६६ रुपैंयाले घटेको छ । यसअँघी १ हजार २ सय १५ रुपैंया भडा रहेकोमा अब १ हजार १ सय ४९ रुपैया कायम भएको छ ।
टिप्पणी