करिश्मा कपूर: बलिउडमा स्थान बनाउन पढाइ छाडेकी थिइन्

करिश्मा कपूर: बलिउडमा स्थान बनाउन पढाइ छाडेकी थिइन्

करिश्मा कपूरले आज आफ्नो ४८ औं जन्मदिन मनाइरहेकी छिन् । उनको जन्म २५ जुन सन् १९७४ मा मुम्बईमा भएको थियो । करिश्मा फिल्म उद्योगको त्यो परिवारको हिस्सा हुन् जसका लगभग हरेक सदस्य फिल्ममा छाएका छन् । रणधीर कपुर र बबिताकी जेठी छोरी, राज कपुरकी नातिनी, पृथ्वीराज कपुरकी पनातिनीले आफूले आफैँलाई एउटा उद्देश्यमा पुर्याउने सोचिसकेकी थिइन् । उनलाई मानिसहरुको मनमा राज गर्नु थियो ।

उनको पहिलो फिल्ममा उनको अनुहार केटाको जस्तै छ भनेर अत्यधिक चर्चा गरियो । मानिसहरुले फिल्म ‘प्रेम कैदी’ मा हिरो को हो र हिरोइन को हुन् भन्ने थाहै नभएको बताए ।
१७ वर्षको उमेरमा अभिनेत्री बनिन्
करिश्माले बलिउडमा आफ्नो स्थान बनाउन सानै उमेरमा पढाइ छाडेकी थिइन् । उनले सन् १९९१ मा प्रेम कैदीबाट डेब्यु गरेकी थिइन् । करिश्मा सन् १९९० को दशकको उत्तरार्धमा ‘राजा हिन्दुस्तानी’ र ‘दिल तो पागल है’ जस्ता सफल फिल्महरूमा अभिनय गरेपछि स्टारडममा पुगिन्।
सुपरहिट फिल्मबाट बनाइन् पहिचान
सन् १९९६ मा रिलिज भएको फिल्म ‘राजा हिन्दुस्तानी’ ले करिश्माको करियरलाई उचाइमा पुर्यायो । आमिर खान अभिनित यो फिल्म बक्स अफिसमा सुपरहिट साबित भयो । यसपछि करिश्माको करियरमा ‘दिल तो पागल है’ ले सुनमा सुगन्ध थपिदियो । करिश्माले कुली नम्बर वान, जुडवा, हिरो नम्बर वन, बीवी नम्बर १, हसिना मान जायेगी, दुल्हन हम ले जायेंगे र चल मेरे भाइ मा अभिनय गरिन् जसमध्ये अधिकांश बक्स अफिसमा हिट थिए । उनले जुबैदा, फिजा जस्ता चलचित्रमा पनि अभिनय गरेकी छिन् । अभिनेत्रीले आफ्नो करियरमा ६० भन्दा बढी चलचित्रमा काम गरिसकेकी छिन् ।

उतार–चढावपूर्ण रह्यो नीजि जीवन
करिश्माको व्यक्तिगत जीवन उतार चढावले भरिएको छ । करिश्मा बच्चन परिवारको बुहारी बन्न लागेकी थिइन् तर अन्तिम समयमा अभिषेक र उनको इन्गेजमेन्ट टुट्यो र यी दुई अलगिए  । करिश्माले २९ सेप्टेम्बर २००३ मा दिल्लीका व्यापारी सञ्जय कपुरसँग विवाह गरिन् । तर, यो विवाह टिक्न सकेन र १० वर्षपछि उनीहरुको सम्बन्धविच्छेद भयो । करिश्माका एक छोरा र एक छोरी छन् ।

सन् २०१२ मा ‘डेन्जरस इश्क’ बाट पुनरागमन
लामो समयदेखि अभिनय जगतबाट टाढा रहेकी करिश्माले सन् २०१२ मा ‘डेन्जरस इश्क’ मार्फत् कमब्याक गर्ने प्रयास गरेकी थिइन् तर यो फिल्म बक्स अफिसमा फ्लप भयो । अहिले उनी विभिन्न मोडलिङ प्रोजेक्टमा व्यस्त छिन् । सन् २०२० मा उनी वेब सिरिज मेन्टलहुडमा पनि देखा परिन् ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *