‘नेपाली चलचित्र ‘ग्रहण’ को छायांकन सर्ने

फिल्म ‘ग्रहण’ को छायांकन केही समयपछि सर्ने भएको छ । राजीव गुरुङको निर्माण तथा निर्देशनमा बन्न लागेको फिल्म ‘प्रसाद २’ का कारण ढिलो हुने भएको हो । फिल्मकी मुख्य अभिनेत्री नम्रता श्रेष्ठ ‘प्रसाद २’ को छायाँकनमा असार दोस्रो सातादेखि बिजि हुने भएपछि फिल्म केही पछि धकेलिएको हो ।
गत मेबाट नै फिल्मको छायांकन सिक्किममा हुने भनिएता पनि पानी पर्ने सिजन भएकाले छायांकन हुन् सकेको थिएन । फिल्ममा नम्रतासँगै विनय श्रेष्ठ, सारुक ताम्राकार लगायतको अभिनय रहनेछ । नम्रता ‘ग्रहणमा’ योगा प्रशिक्षकको भूमिकामा देखिँदैछिन् ।
निर्मला गुरुङ निर्माता रहेको फिल्ममा प्रोडक्सन कोर्डिनेटर अरुण रेग्मी , कास्टिङ डायरेक्टर सुदाम सिके, छायांकनमा हरि हुमागाईं र सम्पादकमा प्रविण श्रेष्ठ रहेका छन् ।
टिप्पणी