सत्ता गठबन्धनलाई निरन्तरता दिइन्छ: माधव नेपाल

सत्ता गठबन्धनलाई निरन्तरता दिइन्छ: माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनलाई निरन्तरता दिइने बताएका छन्। उनले शेरबहादुर देउवा नेतृत्वमा रहेको सरकार पनि कायमै रहने बताए।

आज काठमाडौंमा अनेमसंघ (समाजवादी) केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकमा बोल्दै अध्यक्ष नेपालले भने, ‘गठबन्धनलाई निरन्तरता दिने पक्षमा छौं। यो गठबन्धन सरकार कायमै रहन्छ।’ उनले केही समस्या छन् भने छलफल गरेर अघि बढ्ने पनि बताए। ‘गलत कुरा छन् भने संघर्ष गर्ने हो। जनतालाई कष्ट र दुस्ख हुने कुरामा भने साथ हुन्न,’ उनले भने, ‘सुशासनका पक्षमा छौं।’

उनले पार्टी संगठन व्यापक रूपमा विस्तार गर्न पनि आग्रह गरेका थिए। संगठनमा काम गर्ने र नगर्नेको अभिलेख राख्नुपर्ने उनले बताए।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *