१६ जेष्ठ २०८१, बुधबार
१६ जेष्ठ २०८१, बुधबार

प्रतिनिधिसभा बैठक: एमालेका सांसदहरू सरकारप्रति आक्रामक

प्रतिनिधिसभा बैठकको शून्य समयमा प्रमुख प्रतिपक्ष दल एमालेका सांसदहरू सरकारप्रति आक्रामक भएका छन् । उनीहरूले सामाजिक सरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । शून्य समयमा बोल्ने अधिकांश एमाले सांसदहरूले सरकार जनताको शान्ति सुरक्षा र समस्याप्रति उदासीन भएको आरोप लगाएका छन् ।

सांसद कृष्ण राईले मेलम्ची खानेपानी आयोजनाका कारण बौद्ध र जोरपाटीका स्थानीयलाई परेको समस्याबारे सरकारको ध्यानाकर्षण गराए । सांसद कृष्णभक्त पोखरेलले चितवनमा बाढीपहिरो र डुबानका समस्याबारे सरकारको ध्यानाकर्षण गरे ।

सांसद खगराज अधिकारीले पोखरा विमानस्थलमा भ्रष्टाचार भएको भन्दै सरकारका मन्त्रीहरू कमिसनमा लिप्त भएको आरोप लगाए । सांसद गंगा चौधरीले जेलमा रहेका अभियुक्त छुटाउन महान्यायाधिवक्ता नै लागिपरेको भन्दै महान्यायाधिवक्ताले तत्काल राजीनामा दिनुपर्ने माग गरिन् । सांसद झपट रावलले शून्य समयलाई नसुन्ने समयको रूपमा परिवर्तन गर्न आग्रह गरे ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?