गोरुसिङ्गे–सन्धिखर्क सडक बेहाल अवस्थामा

गोरुसिङ्गे–सन्धिखर्क सडक बेहाल अवस्थामा

अर्घाखाँची । अर्घाखाँचीको मुख्य गोरुसिङ्गे–सन्धिखर्क सडक मर्मत हुन नसक्दा बेहाल अवस्था भएको छ । समयमै मर्मत हुन नसक्दा यात्रुलाई यात्रा गर्न सास्ती भएको स्थानीयको भनाइ छ । सन्धिखर्कका मुख्य बजार क्षेत्र आसपास नै सडक अस्तव्यस्त छ ।

सडकमा भएका खाडल र माटोका कारण यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । जिल्लावासीको मुख्य सडक नै वर्खायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुँदा दुर्घटना बढेको स्थानीयको गुनासो छ । सडकमा परेका ठूला खाडलका कारण सवारीसाधन दुर्घटना भई मानवीय तथा भौतिक क्षति भइरहेको यात्रुहरुले गुनासो गरेका छन् ।

सडक डिभिजन कार्यालयले गरेको कालोपत्रे सडक माटोले पुरिएर हिलाम्मे र धुलाम्मे भएपछि दुर्घटना बढेको हो । प्रत्येक वर्ष गरिएका योजना रकम पनि प्रभावकारी कार्यान्वयन हुनसकेको छैन । अधिकांश सडकको भाग अर्घाखाँची जिल्लामा पर्ने तर कार्यालय कपिलवस्तुमा भएपछि काममा समस्या भएको सो कार्यालयको भनाइ छ ।

सडकको अवस्थाले आफूलाई चिन्तित बनाएको लुम्विनी प्रदेश सभा सदस्य रामजिप्रसाद घिमिरेले बताए । मर्मतका लागि आफ्नो तर्फबाट पहल गरिरहेको उनको भनाई छ । पश्चिम नेपाल वस व्यवासायी प्रालि।अर्घाखाँची शाखाका प्रमुख कमल भट्टराईले सडक बेहाल हुँदा गाडीमा समेत क्षति भइरहेको बताए । सडकको कन्तबिजोकका कारण सवारीसाधन दुर्घटना बढेको उनको भनाइ छ ।

सडक डिभिजन शिवपुरका प्रमुख विष्णुदास लामाका अनुसार सो क्षेत्रमा प्रत्येक वर्ष पाँच सात करोड बजेट खर्च हुनेगरेको छ । पछिल्लो २० वर्ष झन्डै १ अर्ब लगानी सडकमा हुँदा पनि सडक सुधार नभएको बताए । प्रमुख लामाले यस वर्ष ७ करोड रुपियाँ बजेटमा सडक सुधारको काम बताए । अर्थ मन्त्रालयबाट थप बजेट माग गरिएको बताउँदै उहाँले सडक व्यवस्थित गर्न रकम अपुग रहेको उनको भनाई छ । @gorkhapatraonline.com

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *