अर्घाखाँची: पार्टीबाट निर्वाचित जनप्रतिनिधीलाई माओवादीले गर्यो सम्मान

अर्घाखाँची । नेकपा माओवादी केन्द्रले जनप्रतिनिधीलाई सम्मान गरेको छ । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति अर्घाखाँचीले स्थानीयतह निर्वाचनमा आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरु लाई एक कार्यक्रम बिच सम्मान गरेको छ । अर्घाखाँचीमा एक नगर उपप्रमुख, चार वडा अध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्यमा निर्वाचित कुल ३३ जना जनप्रतिनिधि हरुलाई सम्मान गरेको हो ।
पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज शुशिला श्रीपालीको प्रमुख आतिथ्यता भएको सम्मान कार्यक्रममा केन्द्रिय सदस्य तथा जिल्ला सह-इन्चार्ज ठाकुर कुमार बिक, प्रदेश समिती सदस्य तथा जिल्ला संयोजक राजेन्द्र भुसाल लगायतको उपस्थित रहेको थियो ।
जनप्रतिनिधीलाई सम्मान गर्दै केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज श्रीपालीले जनचाहना, जनअपेक्षा अनुसार काम गर्न आग्रह गरेकी छिन् । गाउँका गरिबहरुको आवाज बन्न उनीहरुलाई निर्देशन समेत दिईएको छ ।