मन्त्रिपरिषद् पुनर्गठन: मन्त्रीहरूकाे शपथ भाेलि

मन्त्रिपरिषद् पुनर्गठन: मन्त्रीहरूकाे शपथ भाेलि

आज मन्त्रिपरिषद् पुनर्गठन भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच जना मन्त्री फेरबदल गरेकी हुन्। एकीकृत समाजवादी पार्टीको सिफारिसमा प्रधानमन्त्रीले त्यही पार्टीका नयाँ मन्त्रीको नाम पठाएका थिए ।

राष्ट्रपतिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा जीवनराम श्रेष्ठ, सहरी विकास मन्त्रीमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा भवानीप्रसाद खापुङ, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा शेरबहादुर कुँवर र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीमा हिराचन्द्र केसी नियुक्त भएका छन् । खापुङ यसअघि स्वास्थ्य राज्यमन्त्री थिए, उनलाई मन्त्रीमा बढुवा गरिएको छ ।

मन्त्रीहरूको शपथ ग्रहण भोलि सोमवार हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *