३० चैत्र २०८०, शुक्रबार
३० चैत्र २०८०, शुक्रबार

बलात्कारको आरोपमा वडाध्यक्ष सहित दुई जना पक्राउ

बलात्कारको आरोपमा एक वडाध्यक्षससिहत दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैतडीको मेलौली नगरपालिका-१ का अध्यक्ष शरदसिंह नेगी र त्यही ठाउँका केशवसिंह नेगी रहेका छन् ।

एक २८ वर्षीया युवतीलाई गएको चैत १५ गते बलात्कार गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो । पीडितको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । पीडित महिलाको स्वास्थ्य परीक्षण उजुरी दिएकै दिन जिल्ला अस्पतालमा गरिएको छ ।

आरोपित दुवै जनालाई हिरासतमा राखी अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पीडित महिला परिवारकै संरक्षणमा रहेकी छन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?