३० चैत्र २०८०, शुक्रबार
३० चैत्र २०८०, शुक्रबार

जङ्गली च्याउ खाँदा १५ जना बिरामी

जङ्गली च्याउ खाँदा रुपन्देहीमा १५ जना बिरामी परेका छन् । इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीका अनुसार बुटवल–१२, नयाँगाउँका ६ जना र बुटवल-४, लक्ष्मीनगरका ९ जना जङ्गली च्याउ खाएर बिरामी परेका हुन् ।

उनीहरुमध्ये ३ जनाको अवस्था गम्भीर छ । गम्भीर बिरामीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको आईसीयूमा उपचार भइरहेको छ । अरु बिरामीको पनि लुम्बिनी अस्पतालमा नै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?