भारतको महाराष्ट्रको मुख्यमन्त्रीमा शिवसेना विद्रोही समूहका नेता एकनाथ शिन्देले शपथ लिएका छन् । यसका साथै पूर्वमुख्यमन्त्री देवेन्द्र फडणवीसले उपमुख्यमन्त्री पदको शपथ लिएका छन् । यद्यपि यसअघि फडणवीसले आफू सरकारमा सहभागी नहुने बताए।
तर अन्तिममा उनले राजभवनमा पुगेर शपथ लिए । यसैबीच फडणवीसले आफ्नो ट्विटर ह्यान्डलमा प्रामाणिक कार्यकर्ताको नाताले पार्टीको आदेश पालना गरेको लेखेका छन् ।
महाराष्ट्रमा राजनीतिक सङ्कटका बीच हिजो बुधवार राति उद्धव ठाकरेले मुख्यमन्त्री पदबाट राजीनामा दिए।