बसपार्कमा एक पुरुष मृत भेटिए

बसपार्कमा एक पुरुष मृत भेटिए

बसपार्कमा एक पुरुष मृत भेटिएका छन् । विराटनगर महानगरपालिका-११ स्थित बसपार्कमा आज बिहान पुरुष मृत फेला परेका हुन् । बसपार्कको प्रतीक्षालयमा राखिएको बेन्चमा मृत फेला परेका अन्दाजी ५०–५५ वर्षीय पुरुषको पहिचान नखुलेको प्रहरीले बताएको छ ।

उनी बुधबार बेलुका साढे ८ बजेतिर बसपार्कको प्रतीक्षालयमा बसिरहेका थिए । शव रहेको स्थानदेखि केही पर विषको बट्टा पनि रहेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले शव भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको बताए ।

मृतकको पहिचान खुलाउने प्रयास भइरहेको उनले जानकारी दिए ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *