६ बैशाख २०८१, बिहिबार
६ बैशाख २०८१, बिहिबार

चट्याङ लागेर एक युवकको ज्यान गयाे

जुम्लामा चट्याङ लागेर एक युवकको ज्यान गएको छ । हिजो चट्याङ लागेर जुम्लाको तिला गाउँपालिका-९ का १८ वर्षका प्रेम बुढाको ज्यान गएको हो । बारीमा सिमी गोड्न जाँदा रुखमुनि ओत लागेको बेला उनलाई चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक भुवन भट्टले जानकारी दिए।

उनले घटनास्थल तिला गाउँपालिकाको रारालिहीबाट टाढा रहेको र टेलिफोन नलागेका कारण घटनाबारे थप जानकारी आउन बाँकी रहेको बताए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?