अर्घाखाँची खेलकुद विकास समितिको अध्यक्षमा बिष्णु क्षेत्री

अर्घाखाँची खेलकुद विकास समितिको अध्यक्षमा बिष्णु क्षेत्री

अर्घाखाँची खेलकुद विकास समितिको अध्यक्षमा बिष्णु क्षेत्री नियुक्त भएका छन् । प्रदेश खेलकुद बिकास समिति लुम्बिनीले क्षेत्रीको अध्यक्षतामा ९ सदस्यिय जिल्ला समिति गठन गरि नियुक्ति प्रदान गरेको हो ।

प्रदेश खेलकुद परिषदका सदस्य सचिव जय प्रकाश भट्टराईले असार १९ गतेको निर्णय अनुसार २० गते देखि नै सक्रिय बन्नेगरी नयाँ समितीलाई अख्तियारी प्रदान गरेका हुन् ।अध्यक्षको जिम्मेवारी पाएका क्षेत्री नेपाली कांग्रेस अर्घाखाँचीका कोषाध्यक्ष समेत हुन् । समितिको उपाध्यक्षमा पिताम्बर खनाल र कोषाध्यक्षमा प्रेम आले नियुक्त भएका छन् ।

त्यस्तै सदस्यहरुमा लक्ष्मण पाण्डे, सीता भुसाल, गणेश भुसाल, सन्जय पाण्डे, रेमकला खत्री र कृष्ण भुसाल नियुक्त भएका छन् । पदभार ग्रहण गर्दै नवनियुक्त अध्यक्ष क्षेत्रीले खेलकुदको विकासका लागी आफ्नो क्षमताले लागेपुगेको गर्ने बताए । कराँतेका उत्कृष्ट खेलाडी समेत रहेका क्षेत्रीले खेलका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान बनाउन खेलाडीहरुको क्षमता विकास गरिनुपर्ने बताए ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *