सर्पले टोक्दा एक जनाको ज्यान गयाे

सर्पले टोक्दा एक जनाको ज्यान गयाे

दाङमा सर्पले टोक्दा एक जनाको ज्यान गएको छ । सर्पले डस्दा अर्का एक जना बिरामी भएका छन् । सर्पले टोकेर दाङको राप्ती गाउँपालिका २ लालमटियाका ६८ वर्षीया सुमित्रा कुमालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । कुमाललाई हिजो आफ्नै बारीमा सर्पले डसेको थियो ।

यस्तै सर्पले डस्दा घोराही उपमहानगरपालिका १३ वनगाउँ बस्ने प्रदीप बुढामगर बिरामी छन् । मगरको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *