६ बैशाख २०८१, बिहिबार
६ बैशाख २०८१, बिहिबार

सुनका गरगहना चोरी गर्ने एक जना पक्राउ

रुपन्देहीमा नाबालकलाई प्रयोग गरी सुनका गरगहना चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सालझण्डीले पर्सा जिल्लाको पटेर्बा सुगौली घर भइ रुपन्देहीको कञ्चन गाउँपालिका-४ हर्नाचौर बस्ने ३६ वर्षीय विजय राय नटलाई पक्राउ गरेको हो ।

उनीसँगै ११ र १२ वर्षका दुई जना बालक पनि पक्राउ परेका छन् । विजयले ती बालकहरुलाई प्रलोभनमा पारि चोरीका लागि प्रयोग गर्ने गरेको पाइएकाे प्रहरीले जनाएकाे छ ।

बनकसियामा रहेको हाटबजारमा तरकारी किनिरहेकी स्थानीय ७० वर्षीया वृद्धा चमेली थापाले घाँटीमा लगाएको ३ तोला ४० लाल बराबरको सुनको सिक्री दुई जना बालकले चोरी गरेपछि अनुसन्धान गर्दै जाँदा उनीहरु पक्राउ परेको प्रहरीले बताएको छ । प्रहरीले सिक्री पनि बरामद गरेको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?