प्रदेश र संघको निर्वाचन मङ्सिर ४ गते तोकिने तयारी

प्रदेश र संघको निर्वाचन मङ्सिर ४ गते तोकिने तयारी

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रदेश र प्रतिनिधिसभा सदस्यको चुनावका लागि आउँदो मन्त्रिपरिषद् बैठकले मिति तोक्न सक्ने बताएका छन् । मङ्गलवार आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा थपलियाले आउँदो मन्त्रिपरिषद्को बैठकबाट मङ्सिर ४ गते चुनाव हुने गरी मिति तोकिन सकिने बताए ।

‘आयोगले सम्पूर्ण व्यहोरासहित एकै चरणमा प्रदेश र प्रतिनिधि सभा सदस्यको चुनाव मङ्सिर ४ गते गर्न मिति सिफारिस गरिसकेको छ । अब मन्त्रिपरिषद्ले मिति तोक्न मात्र बाँकी छ’, उनले भने । चुनावको तयारीका सबै काम सुरु भइसकेको उनको भनाइ छ ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले संघ र प्रदेशको चुनाव पालिकाको चुनाव भन्दा कम खर्चिलो हुन सक्ने बताए ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *