बालिकालाई बलात्कारको आरोपमा एक जना पक्राउ

बालिकालाई बलात्कारको आरोपमा एक जना पक्राउ

गुल्मीको इश्मास्थित १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । इश्मा गाउँपालिका वडा नं ४ का भुपाल अधिकारीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डीएसपी माधवराज खरेलका अनुसार आरोपित अधिकारीले मंगलबार घुम्न जाने भन्दै ललाइ फकाइ बालिकामाथि बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । ‘अमरपुरबाट फूपुको घरमा गएकी ती बालिकालाई अभियुक्तले मंगलबार बेलुका ७ बजे घुम्न जाउँ भन्दै लगको र पाँच सय रुपैयाँ दिई खरबारीमा पुर्‍याएर बलात्कार गरेको खुलेको छ,’ डीएसपी खरेलले भने ।

दुई विवाहसमेत गरेका अधिकारी नेपाली सेनाका भगौडा हुन् । बलात्कारको सूचना पाएपछि प्रहरीले आरोपित अधिकारीलाई पक्राउ गरेर अनुसन्धान गरिहेको खरेलले बताए ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *