स्वर्गद्वारीमा जिप दुर्घटना, एकको मृत्यु १४ घाइते

स्वर्गद्वारीमा जिप दुर्घटना, एकको मृत्यु १४ घाइते

प्यूठानमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, १४ जना घाइते भएका छन् । प्यूठानको स्वर्गद्वारी नगरपालिका– ४ भ्यागुतेमा शनिबार मध्यान्ह जीप दुर्घटना हुँदा रुपन्देहीको मायादेवी गाउँपालिका-३ कि ३२ वर्षकी गुडिया ठाकुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानमा डीएसपी सत्यनारायण थापाले जानकारी दिए ।

स्वर्गद्वारीबाट भिङ्ग्री तर्फ जाँदै गरेको लु ३ च ३५३ नम्वरको जीप दुर्घटना घाइते भएका १४ जनामध्ये ९ जनाको अवस्था गम्भीर छ । घाइतेहरुलाई प्राथमिक उपचारपछि बुटवल रिफर गरिएको छ ।

प्रहरीका अनुसार रुपन्देहीको सिद्धार्थ नगरपालिका र मायादेवी गाउँपालिकाका स्थानीय वासिन्दा जीप रिजर्ब गरेर शुक्रबार तीर्थयात्राका लागि स्वर्गद्वारी आएका थिए । जीपमा १७ जना सवार थिए ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *