शेयर बजार आईतवार पनि हरियाली, नेप्से २२ सय विन्दु नजिक

शेयर बजार आईतवार पनि हरियाली, नेप्से २२ सय विन्दु नजिक

हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ५४ दशमलव ५८ अङ्कले बढेर दुई हजार एक सय ९५ दशमलव १० विन्दुमा पुगेको छ ।

आइतबार सुरुवातबाट नै बढेको नेप्सेमा केही उतारचढाव देखिए पनि ५४.५८ अंक (२.५५ प्रतिशत) ले वृद्धि भएर २१९५.१० अंकमा बन्द भएको छ । नेप्सेमा उच्च अंकले वृद्धि हुँदा वित्त कम्पनी बाहेक सबै उपसूचक बढेको छ । बजारलाई लिड गर्ने बैंकिङ उपसूचक नै २.९२ प्रतिशतले वृद्धि हुँदा बजार परिसूचक नेप्सेलाई पनि त्यसले तानेको छ । बैंकिङसँगै लगानी र निर्जीवन बीमा उपसूचक साढे ४ प्रतिशत माथिले वृद्धि हुँदा जीवन बीमा उपसूचक पनि ४ प्रतिशत माथिले बढेको छ।

आइतबार नेप्सेसँगै कारोबार रकम पनि उकालो लागेको छ । कारोबार अवधिभर नेप्सेमा १ करोड १३ लाख ३९ हजार ४७६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६० करोड ९७ लाख ९१ हजारको कारोबार भएको छ । जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक २१ करोड ३४ लाख १६ हजारको कारोबार हुँदा नेपाल दूरसञ्चार कम्पनीको १५ करोड २३ लाख २० हजारको कारोबार भएको छ ।

आइतबार दिनभर बजारमा १८० कम्पनीको सेयर कारोबार भएकोमा १२६ कम्पनीको सेयरमूल्य बढेको छ । त्यस्तै ५१ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ३ कम्पनीको सेयरमूल्य स्थिर छ । ५ वटा निर्जीवन बीमा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किटमा बन्द भएको छ । त्यस्तै युनाइटेड इदी मार्दी एन्ड आरबी कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशत र स्वाभिमान लघुवित्त तथा युनाइटेड इन्स्योरेन्स सेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ । नेशनल हाइड्रोपावरको सेयरमूल्य ३.३० प्रतिशतले गिरावट आएको छ ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *